अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउँदै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१३ पटक पढिएको

अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने भएको छ ।अस्ट्रेलियाले आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्नलागेको हो ।
अहिले भने आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ। बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ ।
अस्ट्रेलियाको प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताएका हुन् ।
तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका बीबीसीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस