आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३०१ पटक पढिएको

 

आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हरेक वर्षको अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउन थालिएको हो । 

सरकारले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्ने लगायतका सुविधा दिंदै आएको छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ । 

यस अवसरमा रास्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना प्रदान गरेकी छिन् । उनले राष्ट्रपति कार्यालय मार्फत आफ्नो शुभकामना सन्देश दिएकि हुन् । 

ज्येष्ठ नागरिकहरुको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ दिएर यसको सुरुवात गरिएको थियो। ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि भन्दै  वि सं २०५१ सालदेखि  ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो । 

केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८ मा ११ लाख १० हजार ज्येष्ठ नागरिक रहेको प्रक्षेपण भएको छ । जसमा साक्षरभन्दा निरक्षरको दर बढी छ। विभागले २०६८ मा गरेको जनगणनाका आधारमा ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहको साक्षरदर २६.२ प्रतिशत मात्रै छ । यस्तै, ६५ वर्षमाथिको साक्षरता दर २०.८ प्रतिशत छ। यसबाहेक १० वर्ष अघिका उक्त उमेर समूहका व्यक्तिहरू अहिले ज्येष्ठ नागरिक बनिसकेका विभागले अनुमान गरेका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित