आज देखि काठमाण्डूमा भीडभाड गर्न नपाईने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२३ पटक पढिएको

कोरोना भाइरस (कोभिड-१९) संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आजदेखि जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा रोक लगाएको छ । अर्को आदेश जारी नहुँदासम्म सो नियम लागु हुने जिप्रकाले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जारी गरेको आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस