ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १६३ पटक पढिएको

 

विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला बौडेन रोमाधाने ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । ट्युनिसियाका राष्ट्रपति काइस सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्रीमा रोमाधानेलाई नियुक्त गरेका हुन् । 

गत महिना उनले प्रधानमन्त्री बर्खास्त गर्दै संसद् समेत भंग समेत गरेका थिए । राष्ट्रपति सइदले रोमाधानेको नियुक्तिलाई ऐतिहासिक निर्णयको रुपमा व्याख्या गरेका छन् । नयाँ सरकार गठनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दबाब आउन थालेपछि उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका अन्तरास्ट्रिय संचारमाध्यमहरुले जनाईरहेका छन् ।

रोमाधाने ट्युनिसियाको दसाैँ प्रधानमन्त्री हुनुका साथै पहिलो महिला प्रधानमन्त्री हुन् ।

 

तस्बिर: रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित