गजमेरलाई नेपाल प्रवेशमा रोक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३० पटक पढिएको

 

गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । 

गत असोज ११ गते सोमबार नेपाल आएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सोही दिन अमेरिका फिर्ता पठाइदिएको थियो । 

उनी अमेरिकी नागरिक भएको र उनले नेपाल बस्न पाउने अवधि पूरा भैसकेकोले उनलाई नेपाल प्रवेशमा रोक लागेको हो । अमेरिकी नागरिकले एक प्रवेशाज्ञा (भीसा) वर्षमा १ सय ८० दिन मात्र नेपाल बस्न पाउने नियम छ  । अमेरिकाबाहेकका अन्य मुलुकका नागरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन् ।

अब उनले चाह्यो भने सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए। उनले कार्यक्रममा आफुलाई नेपाली भनेर चिनाउन मन भएको भववाना व्यक्त समेत गरेका थिए। उनि सन् २०११ मा परिवारसहित अमेरिका गएका थिए । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित