मंगलबार ७०.०१ अंकले घट्यो नेप्से परिसूचक

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४५१ पटक पढिएको

 

शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६ सय १५ दशमलव ४० अंकमा झरेको हो ।  सोमबार पनि ७३ अंकले घटेको थियो । त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झर्न पुगेको छ । 

शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको हो । आज जम्मा २१८ कम्पनीका एक करोड ३० लाख ३४ हजार कित्ता बढी सेयर ७५ हजार ३७४ पटक बजारमा किनबेच भएको छ । यस दिन कुल ५ अर्ब ७४ करोड ५४ लाखको कारोबार भएको छ ।

सबै उप–सूचकहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेका छन् । फाइनान्स कम्पनीको सव इन्डेक्स ७.३७ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित