कोरोना प्रभावित आफ्ना विद्यार्थीलाई बेबिलोनले मासिक शूल्कमा छुट दिने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८७ पटक पढिएको
काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कूलले कोभिड–१९ प्रभावित आफ्ना विद्यार्थीहरुलाई मासिक शूल्कमा छुट दिने घोषणा गरेको छ । स्कूलका प्रधानाध्यापक राजु राईले कोभिड प्रभावित विद्यार्थीहरुको शैक्षिक सत्र २०७८ सालको मासिक शूल्कमा २० प्रतिशत छुटको व्यवस्था गरेको बताईएका हुन् ।
प्रधानाध्यापक राईको अनुसार पछिल्लो दुई वर्षदेखि कोभिड–१९ ले विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरुलाई प्रभावित बनाएको कुरालाई मध्यनजर गर्दै विद्यार्थीको मनोवल बढाउने उदेश्यले मासिक शूल्कमा छुट दिने घोषणा गरेको बताएका हुन् ।
जसका लागि कोभिड प्रभावित विद्यार्थीहरुले सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थामा जाँच गराई कोभिड पोजिटिभ देखिएको प्रमाणपत्र विद्यालयमा पेश गर्नुपर्ने छ। त्यस पश्चात विद्यालयले दिएको उक्त सुविधा लिन सक्ने प्रधानाध्यापक राईको भनाई छ । विगत २६ वर्षदेखि संचालित उक्त विद्यालयमा ६५० भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन्।