तालिबानले चार अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३०१ पटक पढिएको

 

अफगानिस्तानको हेरात सहरमा तालिबानले चार अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएको छ । एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको त्यहाँको स्थानीयले बताएका हुन्न् ।समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताएका छन् ।

तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो। त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो। बाँकी तीन वटालाई भने सहरका अन्य स्थानमा देखाउन लगिएको थियो ।

सामाजिक सञ्जालमा प्रकाशित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे शवहरू राखिएको र एउटा क्रेनले एउटा शव उठाइरहेको देखिन्छ। अर्को एउटा भिडियोमा भने एक व्यक्तिको शव झुन्ड्याइको र उनको छातीमा “अपहरणकारीहरूलाई यसरी दण्ड दिइन्छ” लेखिएको देखिन्छ ।

तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गरेका थिए ।

गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ। तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका बिबिसीले जनाएका छन्।

 

तस्बिर: बिबिसी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित