यस वर्षको मनसुन : कहाँ कति वर्षा भयो ?

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५१ पटक पढिएको

 

मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम विष्लेषण शाखाले जनाएको छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाले जनाएको हो । 

यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ ।  त्यसैगरि काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।

मनसुन असोज १६ मा सकिने  

विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेसँगै मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै सात दिन बाँकी रहेको जनाएको छ । अन्यवर्षहरुमा सेक्टेम्वर २३ मा मनसुन वाहिरीने समय मान्दै आए पनि यस वर्ष देखि अक्टोवर २ मा मात्र मनसुनी प्रणाली वाहिरिने औसत समय तोेकेको हो । 

जुन १० मा मनसुन भित्रिने समयलाई पनि यस वर्षदेखि जुन १३ लाई कायम गरेको विभागले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित