खुकुरी प्रहार गरि श्रीपेच चोर्न खोज्ने पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४२६ पटक पढिएको

 

टिकट काटेर नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि पुगेका एक व्यक्तिले पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेका छन् । ‘राजा बन्छु’ भन्दै सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेको उनलाई प्रहरीले पक्राउ गरिसकेका छन् । उक्त व्यक्तिले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । 

दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकालेको बताईएको छ । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको अनुमान गरेका छन् । श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ।  उनले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको प्रहरीले जनाएको छ ।

उक्त श्रीपेच २०७५ असोज  २९ गते देखि प्रदर्शनीमारखिएको थियो । अन्तिम राजा ज्ञानेन्द्र वीर बिक्रम शाहले उक्त श्रीपेच लगाएका थिए । गणतन्त्र स्थापनापछि उनले नेपाल सरकारलाई श्रीपेच हस्तान्तरण गरेका हुन् । 

श्रीपेचमा त्यस्तो के छ ?

""

बर्ड अफ प्याराडाइज

उक्त श्रीपेचमा ७५० वटा हिराका टुक्रा, टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ भने राजदण्ड र चमरमा भने सुनैसुन रहेको छ । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली चाहिं बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो । यस्तो प्रजातिको चरा विशेष गरि पूर्वीय ईन्डोनेसिया, पपुआ न्यु जिनिया र पूर्वीय अस्ट्रेलिया मा मात्र पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित