असोज ११ देखि दशैँको लागि अग्रिम टिकट बुकिङ खुला

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३५ पटक पढिएको

 

सरकारले दशैँको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। विहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर असोज ११ (सोमबार) गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न आग्रह गर्दै  यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने जनाएको छ । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर लागु हुन सकेको बताउदै सवारी भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

विभागले असार २९ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ । जसमा यात्रुवाहक सवारीमा २८%, पहाडी बाटोमा संचालनहुने मालवाहक सवारी मा २०% र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा २६% भाडा वृद्दि गरेको थियो ।  

त्यसै गरि विभागले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिने योजना रहेको जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित