ईपीएल टी–ट्वान्टी शनिबारबाट सुरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३०३ पटक पढिएको

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय परिसरमा रहेकोे क्रिकेट मैदानबाट खेलिने उक्त खेलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा ललितपुर, काठमाडौं, विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्सं र पोखरा राइनोज छन् ।
ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । ईपीएलका लागि अन्तरास्ट्रिय खेलाडिहरु नेपाल आईरहेका छन् । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका असेला गुनारत्ने, वेस्ट इन्डिजका हेमराज चन्द्रपल, जिम्बावेका सिकन्दर राजा लगायतका खेलाडीलेहरुले खेल्ने जनाईएको छ ।
इपिएलको उद्घाटन खेलमा ललितपुर प्याट्रियसले काठमाडौं किंग्स इलाभेनको सामना गर्दै छ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।
चौथो संस्करणको इपिएल सन् २०१९ मै हुनुपर्ने भए पनि तर नेपाली राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय कार्यतालिका व्यस्त भएका कारण इपिएल स्थगित भयो । त्यसैगरी सन् २०२० को चैतमा दोस्रोपटक चौथो संस्करण हुने भनिएको थियो तर कोरोना भाइरसको महामारीका कारण अन्तिम समयमा खेल स्थगित भएको थियो ।