जहाँ जहाँ म पुग्दछु..

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३०८ पटक पढिएको

 

सुभाष चौलागाईं 

 

जहाँ जहाँ म पुग्दछु 

दुरदुर जति म नियाल्दछु 

जब जब म सम्वादहरु सुन्दछु 

यहाँ त बस 

बिग्रिएका, चुरचुर भएका

टुटेका, फुटेका, नस्सिएका

गासिन नसकेका, 

जिन्दगी र जिवन नबुझेर भासिएकाको 

मात्रै गफगाफ हुदो रहेछ

आफ्ना वाचा वचन गरि गएका 

अगुवा पनि यहाँ हराएको छ

के गर्ने ? कसो गर्ने ? कहाँ जाने ? भनि 

सोच्दा सोच्दै जहि तहि 

रवाफ मात्रै फैलिएको छ 

यस माहामारी देखि 

हामी कहिले उनमुक्त हुन्छौ ?

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित