‘अनअराइभल भिषा’ दिन शुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९१ पटक पढिएको

कोरोना महामारीका कारण  बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले आजदेखि दिन शुरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भिषा खुल्ला गर्ने निर्णय गरेसँगै विभाग अन्तर्गतका नौ वटा अध्यागमन कार्यालयहरु बाट पर्यटकलाई अनअराइभल भिषा दिन शुरु गरिएको हो । आगमन पश्चात दिईने (अनअराइभल भिषा) २०७८ जेठ ६ गते देखि बन्द थियो । 

विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत आवश्यक ब्यवस्था मिलाउने जनाएको छ । त्यसैगरि विभागले अन्य नाकाबाट नेपाल प्रवेश गर्ने बिदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउने जनाएको छ । 

भिषा दिन शुरु गरेसँगै पर्यटन व्यवसायीहरुउत्साहित भएका छन् । 

भिषाको लागि विभागको वेवसाइटबाट अनलाइन फारम (पर्यटक भिषा) पनि भर्ना सकिने छ।  एक पटक भरेको फारमले १५ दिनसम्म मात्र काम गर्ने विभागले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित