चन्द्रमामा पानी र बरफ खोज्ने नासाको तयारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२३ पटक पढिएको
नासाले चन्द्रमामा पानी र बरफ खोज्न एउटा गुड्ने रोबट पठाउने भएको छ । यसले पृथ्वीको एक मात्र उपग्रहमा दीर्घकालीन रूपमा मानवीय उपस्थितिका लागि ढोका खोल्ने विज्ञानिकहरुको विश्लेषण छ ।
उक्त रोबट चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा ज्वालामुखी पर्वतको मुख नोबल क्रेटरको पश्चिमी किनारामा उत्रनेछ जनाईएको छ । गल्फ खेलमा प्रयोग हुने गाडी जत्रै रहेको बताईएको उक्त रोबट सन् २०२३ मा ७३ किलोमिटर फराकिलो क्षेत्रमा अवतरण गर्ने बिबिसीले जनाएको हो । भाइपर मिसन नाम दिइएको उक्त मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्ने बताईएको छ । उक्त बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिने बताईएको छ ।
क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरमा भाइपरको परियोजना प्रबन्धक ड्यानिअल एन्ड्र्यु मिसनले चन्द्रमाको बरफलाई निकाल्न कति सजिलो वा अप्ठ्यारो हुनेछ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन् ।
चन्द्रमाका ध्रुवीय क्रेटरहरूमा अर्बौँ टन बरफ रहेको विभिन्न प्रमाणहरूले देखाए सँगै त्यहाँ कहिल्य पनि सूर्यको प्रकाश पुग्न नसकिने वैज्ञानिकहरुए जनाएको छ । त्यस क्षेत्रको तापक्रम माइनस २२३ डिग्री सेल्सिअससम्म छ।
स्थायी रूपमा छायामा रहने र धेरै चिसो वातावरण हुने भएकाले ती क्षेत्रमा ठूलो मात्रामा जमेको बरफ रहेको वैज्ञानिकहरुको विश्वास छ ।
तस्बिर: नासा