वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १६६ पटक पढिएको

 

सुर्खेतको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१  वडाध्यक्ष नभेटेको झोकमा बुधबार विहान एक युवकले पेट्रोल छर्केर कार्यालयमा आगजनी गरेका हुन् । 

प्रहरीले वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा आगजनी गरेको जनाएको छ । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् । उनको खोजिकार्य भैरहेका छन् । आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको जनाएको छ । 

बुधाबार बिहाननै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको वडाध्यक्ष सुनारले बताएका छन् । वडाध्यक्ष सुनारले, बिहान वडा कार्यालयकै ल्याण्डलाइनबाट धम्कि सहितको फोन आएको र पछि कार्यालयमा आगजनी भएको खबर प्राप्त भएको जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित