नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त / आजै देखि कार्यभार सम्हाल्ने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२७ पटक पढिएको
सत्तागठबन्धनको बैठकमा कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय भएको छ। उनि नियुक्त भए सँगै नियुक्ति पत्र राष्ट्रपति समक्ष पठाईएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कूटनीतिक पहल गर्न आवश्यक भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बताइएको छ । बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शिर्ष नेताहरुको सहभागिता रहेको थियो । बैठकमा प्रधानमन्त्री शेरबदादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री प्रस्ताव राखेको र गठबन्धनका शीर्ष नेताहरूले सहमति जनाएका हुन् ।
कांग्रेसका विदेश विभाग प्रमुखसमेत रहेका डा. खड्काले आजै परराष्ट्रमन्त्री पदको शपथ लिएका छन् । उनको सपथ सँगै उनि आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको बताईएको छ । उनी यसअघि पनि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनेका थिए । उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।