आठ वर्ष पछि नागेंचा प्याखँ (नाच) नाचिदै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३१९ पटक पढिएको

आर्थिक अभाव भएर २०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) यस वर्षदेखि नाचिन थलिएको छ । नाच सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिए संगै नाचिन थलिएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामाग्री गुठीयारहरूलाई दिएर नाच शुभारम्भ गरेका हुन् ।
यसका लागि एक लाख रुपैयाँ दिने गर्थ्याे । त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो । यस वर्षका लागि भने नाचलाई पाँच लाख रुपैयाँ दिएको बताईएको छ ।
हरेक वर्ष यँया पुन्हीबाट शुरू भएर तीन दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका नौ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ । काठमाडौँ महानगरपालिका–७ चारुमती विहारमा २०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ४ असोज २०७८ चारुमती विहारमा प्रदर्शन गरिएको हो ।
विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच शुरू गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ । नाच आज बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइनेछ ।
शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलाई किराँतकालीन मानिन्छ । ४५ मिनेटदेखि एक घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ । संयोगान्त कथामा नाच समापन हुन्छ ।