रुसको एक विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा आठ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६५ पटक पढिएको

 

रुसको एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो । घाइते हुनेको संख्या यकिन नभएको बिबिसीले जनाएको छ । 

कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए भने केही झ्यालबाट हाम फालेका थिए । रुसी प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिसकेको बिबिसीले जनाएको छ।

घटनाका बारेमा अनुसन्धान गर्न बनेको कमिटीका अनुसार विश्वविद्यालयकै एक जना विद्यार्थीले गोली चलाएका थिए । कतिपय आक्रमणकारीले सामाजिक सञ्जालमा आफूले एक्लै हमला गरेको र आफ्नो कुनै राजनीतिक वा धार्मिक उद्देश्य नरहेको धारणा राखेको उल्लेख गरिएको बताईएको छ ।

 

तस्बिर: रोयटर्स 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित