बुटवलका मेयरमाथि हातपात
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५२६ पटक पढिएको
पहिरोको अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी माथि पहिरो पीडितले हातपात गरेका छन् । उनि माथि भएको हातपातको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् । पहिरो गएको लामो समयसम्म बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले अवलोकनको लागि पुगेका मेयर सुवेदी माथि एक्कासी मुक्का प्रहार गरेका हुन् ।

स्थानीय आक्रोशित बनेपछि अवलोकनका लागि पुगेका मेयर सुवेदी फर्किसकेका छन् । उनलाई सामान्य चोट लागेको बताईएको छ । मेयर सुवेदीमाथि जाई लागेका युवालाई सुवेदीसँगै रहेका नगर प्रहरीले रोकेका थिए । एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै पिडितहरुले आक्रोश पोखेका थिए ।
गत भदौ १३ र १४ गते त्यहाँ पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका र ६० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए । विस्थापितले अहिलेसम्म राहत पाएका छैनन् ।
पहिरोले त्यस क्षेत्रका सयौं घर असुरक्षित रहेका बताईएक छन् । २०५५ सालमा पहिरो जादा बस्ती नै विस्थापित भएको थियो ।