चरणजीत सिंह चन्नी: पञ्जाबको पहिलो दलित मुख्यमन्त्री

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७६ पटक पढिएको

 

चरणजीत सिंह चन्नी भारतको पञ्जाब शहरको मुख्यमन्त्री बनेका छन् । उनी पञ्जाब मुख्यमन्त्री बन्ने दलित समुदायको पहिलो नेता हुन् ।

अमरिंदर सिंहले राजिनामा दिएसँगै कांग्रेसको तर्फबाट मुख्यमन्त्री पदको लागि नवजोत सिंह सिद्धू, सुनील जाखड़, अंबिका सोनी र सुखजिंदर सिंह रंधावा को नाम चर्चामा आएको थियो । तर चर्चा चलिरहँदा कांग्रेस हाई कमाण्डले पञ्जाबको मुख्यमन्त्रीको रुपमा चरणजीत सिंह चन्नीको नाम घोषणा गरेका हुन् । उक्त घोषणाले अन्य दाबेदारहरु आश्चर्यमा परेको जनाईएको छ । 

राजनीतिक वृत्तमा चार महिना पहिले कांग्रेसले पञ्जाबको विधानसभामा ‘दलित कार्ड’ खेल्ने प्रयास गरेको टिका टिप्पणी भैरहेका थियो । तर, यस्ता कुराले दलित मुख्यमन्त्री नियुक्तीको महत्त्व कम नहुने र यसलाई पञ्जाबको राजनीतिमा ऐतिहासिक घटना मानिएको छ । 

चन्नी तीनपटक विधानसभाको सदस्य बनिसकेका छन् । २००७ मा पहिलो पटक स्वतन्त्र रूपमा विधानसभा सदस्य जितेका मुख्यमन्त्री चन्नीलाई पूर्व मुख्यमन्त्री अमरिन्दर सिंहले कांग्रेसमा समावेश गरेका थिए । अमरिन्दर सिंहको क्याबिनेटमा चन्नी प्राविधिक शिक्षा एवं औद्योगिक तालिम, पर्यटन एवं सांस्कृतिक मामिला मन्त्री थिए । २०१२ मा उनले विधानसभा चुनावबाट कांग्रेस को टिकट प्राप्त गरेका थिए ।

तस्बिर: एएनआई 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित