दशैं / तिहारका लागि नयाँ नोट :इजाजतप्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट साट्न सकिने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २८१ पटक पढिएको

आज देखि दशैं / तिहारका लागि नयाँ नोट साट्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । 

राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित ७ वटै कार्यालयबाट नयाँ नोट वितरण हुने बताईएको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधरणका लागि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको हो । 

यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका बताईएको छ । त्यसै गरि राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरु आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने बताएका छन् । 

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष पनि कोरोना संक्रमण निकै घटेपछि  नयाँ नोट वितरण गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। 

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित