मेट गाला २०२१: ठाँटिला परिधान लगाएका चर्चित हस्तीहरू
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२९ पटक पढिएको

फेसनको संसारमा एकदमै ठूलो मानिने तथा चर्चित व्यक्तित्वहरू भेला हुने ‘मेट गाला’ कार्यक्रम न्यूयोर्कमा भव्यताका साथ शुरु भएको छ। जसमा विश्वभरका चर्चित हस्तीहरू देखिएका थिए ।
यसवर्षको पहिरनको विषयवस्तु ‘इन अमेरिका : अ लेक्सिकन अफ फेसन’ राखिएको थियो । गत वर्ष कोभिड महामारीका कारण मेट गाला स्थगित भएको थियो । मेट्रोपोलिटियन म्युजियम अफ आर्टस् कस्ट्यूम इन्सटिट्यूटका लागि सहायता रकम संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम कोभिड-१९ सम्बन्धी नियम पालना गरि संचालन गरिएने बताईएको छ । साथै कार्यक्रमलाई पप स्टार बिली इलिस, टेनिस खेलाडी नाओमी ओसाका, अभिनेता टिमोथी चालामेट र कवि अमान्डा गोरमानले सञ्चालन गर्नेछन् ।
तस्बिर: गिटी इमेज
प्रतिक्रिया दिनुहोस