जापानमा सय वर्ष भन्दा बढी बाँच्ने मानिसहरुको संख्या ८६ हजार नाघ्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५३३ पटक पढिएको

जापानमा सय वर्ष वा सो भन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८६ हजार नाघेको छ । जापान को स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १०० वर्ष भन्दा बढी उमेर सम्म बच्ने वृद्धहरुको ८६ हजार पांचसय दश पुगेको हो । त्यस्तै पहिलो पटक सय वर्ष भन्द बढी उमेरसम्म बाँच्ने वृद्ध पुरुषहरुको संख्या पनि १० हजार पुगेको मन्त्रालयले दाबी गरेको छ । यसलाई जापानले नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ ।
मन्त्रालयले पछिल्लो समय जापानमा सय वर्ष उमेर नाघ्नेहरुको संख्या उल्लेखनीय रुपले बढिरहेको बताउदै वर्षेनी ६ हजारको दरले बढिरहेको जनाईएको छ । ८६ हजार ५१० वृद्धवृद्धामध्ये महिला वृद्दहरुको संख्या तुलनात्मक रुपमा ८८.४% बढी रहेको छ । जसमा ७६,४५० महिला वृद्द छन् । यस वर्ष मात्र ५,४७५ महिला वृद्दको संख्या तपिएका छन् । त्यसै गरि १० हजार ६० वृद्ध पुरुषहरु रहेका छन् । यस वर्ष ५८५ जना वृद्ध पुरुषहरु थपिएका हुन् ।
फुकुओका प्रान्तकी ११८ वर्षीया केन तानाका सबैभन्दा पुरानो जापानी महिला हुन् । उनी गिनीज वर्ल्ड रेकर्ड्स द्वारा संसारको सबैभन्दा बूढी जीवित व्यक्ति को रूपमा पनि परिचित छिन् । तानाकाको जन्म १९०३ मा भएको थियो । जुन वर्ष राइट भाइहरुले संसारको पहिलो संचालित हवाई जहाज उडाएका थिए ।
त्यस्तै नारा प्रान्तका १११ वर्षीय मिकिजो उएडा सबैभन्दा पुराना जापानी व्यक्ति हुन् ।
जापानमा सन् १९६३ देखि शताब्दी नाघेका मानिसहरुको जनगणना थालिएको थियो । सय वर्षभन्दा बढी उमेरसम्म बाँच्नुमा जापानको अत्याधुनिक मेडिकल प्रविधि र खानपान जीवनशैली रहेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तस्बिर: द गार्जियन