पाटनबाट हराएको मूर्ति पाँच दशक पछि अमेरिकाद्वारा हस्तान्तरण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४०२ पटक पढिएको

 

अमेरिकाको कोलोराडोस्थित एक संग्रहालयले पाँच दशकअघि नेपाल बाट हराएको उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको छ। त्यहाँस्थित डेन्भर आर्ट संग्रहालयले उमामहेश्वरको मूर्ति अमेरिकास्थित नेपाली राजदूत डा युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

मूर्ति ३० र तीन चौथाई इन्च अग्लो  रहेको छ । जसमा  शिव, पार्वती, उनीहरुका बच्चाहरु र अन्य परिचरहरु समेत  चित्रण गरीएको छ। यो मूर्ति उचित समयमा नेपाल लगिनेछ र उपयुक्त ठाउँमा स्थापित गरिनेछ।

""

उक्त मूर्ति छिट्टै नेपाल पु¥याइने नेपाली दूतावासले जनाएको छ। उक्त मूर्तिलाई फिर्ता गर्नका लागि सम्पदा अभियन्ताहरुले प्रयास गरिरहेका थिए । पाटनको गाः हिटीमा उक्त मूर्ति १९६० को मध्यतिर हराएको थियो । १० औं शताब्दीमा निर्मित उक्त मूर्ती पछि डेन्भर आर्ट म्युजियममा भेटिएको थियो ।

सन् १९७५ पछि यो मूर्ति उक्त संग्रहालयमा प्रदर्शनका लागि राखिएको बताइएको छ। यो मूर्ति ललितपुरको पाटनबाट पाँच दशकअघि चोरी भएको लैनसिंह बाङ्देलले लेखेका छन् । उनले आफ्नो पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा यो मूर्ति सन् १९६० को मध्यतिर चोरी भएको उल्लेख गरेका छन् ।

 

तस्बिर: नेपाली दूतावास, अमेरिका

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित