भारतमा निपाह भाइरसको संक्रमण देखिन थाले सँगै नेपालमा पनि सचेत रहन आग्रह
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०५ पटक पढिएको

भारतमा निपाह भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमण प्रति सचेत रहन आग्रह गरेको छ । नेपालमा अहिले सम्म उक्त भाइरसका संक्रमित फेला नपरे पनि सचेत रहन आग्रह गरेको हो । भारतको केरला राज्यमा केही दिन देखि निपाह भाइरसको संक्रमण देखिएको छ ।
धेरै देशहरुमा चमेरोको प्रजातिहरुमा यसको संक्रमण भेटिएको जनाईएको छ । विशेषगरी ‘फ्रुटब्याट’भनिने एक प्रकारको चमेरोमा उक्त भाइरस देखिएको हो । भारत र बङ्गलादेश जस्ता बाहिरी देशका जङ्गलमा गएर नरिवल, अन्य फलफूल खाने गरेका कारण यी देशहरुमा चमेराको दिसा र पिसाबबाट सरेको देखिएकाले फलफूलहरु राम्रोसँग पखालेर खानुपर्ने विशेषज्ञहरुले सल्लाह दिई रहेकाछन् ।
त्यस्तै तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, पानीउमालेर मात्रपिउने, बेलाबेलामा साबुन पानीले हातधुने, भीडभाडमा जाँदा मास्क लगाउने जस्ता निर्देशन दिईएका छन् । उक्त भाइरसका लक्षणमा ज्वरो आउने, रिङ्गटालाग्ने, टाउको दुख्ने, मांसपेशीदुख्ने, वाकवाकीलाग्ने, श्वासप्रश्वासमाकठिनाइहुने र टन्सिलाइटिस हुन् ।
उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । मन्त्रालयले उक्त रोगको संक्रमणको लक्षण देखिना साथनजिकै स्वास्थ्य संस्थामा उपचार गराउन आग्रह गरेको छ ।
निपाभाइरस जनावरहरु (जस्तै चमेरो वा सुँगुर), वा दूषित खाद्यपदार्थ बाट मानिसहरुलाई सर्न सक्छ र यो सीधै मानिस बाट मानिसमा सर्न पनि सक्छ । निपा भाइरसको कुनै उपचार वा खोप उपलब्ध छैन । निपाभाइरस एक जुनोटिक भाइरस हो (यो जनावरहरु बाट मानिसहरु प्रति प्रसारित वा संचारित हुन्छ) ।
यो दूषित खानाको माध्यम बाट वा सिधै मानिस मानिस बाट पनि सर्न सक्छ । यसले सुँगुर जस्ता जनावरहरुमा समेत गम्भीर रोग निम्त्याउन सक्छ । जनावरहरुको एक विस्तृत श्रृंखलालाई संक्रमित गर्दै मानिसहरुमा गम्भीर रोग र मृत्युको कारणबन्ने यो रोगलाई सार्वजनिक स्वास्थ्य विषयको चिन्ताको रुपमा हेरिएको छ । यसले किसानहरुलाई धेरै घाटा भैरहेको जनाईएको छ ।
डब्ल्यूएचओको प्राथमिकता रोगहरुको आर एन्डडीखाका सूचीको २०१८ वार्षिक समीक्षामा निपा भाइरसको लागी द्रुत अनुसन्धान र विकासको लागी एक तत्काल आवश्यकता रहेको जनाईएको छ ।
सन् १९९९ मा पहिलो पटक मलेसियामा बङ्गुरमा यो भाइरस फेला परेको थियो । त्यसपछि अहिलेसम्म यो भाइरस मलेसियामा देखापरेको छैन । यो भाइरस सन् २००१ मा बङ्गलादेशमा पनि देखापरेको थियो । घाना, कम्बोडिया, ईन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाईल्यान्डमापनि यो भाइरस देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भर्खरै दक्षिणभारतमा यो भाइरस देखापर्न थालेपछि वैज्ञानिकहरुले सबै जनतालाई सतर्क रहन सन्देश दिइरहेका छन् ।