“मैले छ जनाकै हत्या गरेको हुँ” – तेजबहादुर कार्की
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३६ पटक पढिएको
काठमाडौँ, भदौ २७ ।
संखुवासभामा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी उनलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेका थिए । प्रहरीका अनुसार उनले हिजोनै हत्या गरेको स्वीकारेका थिए । भदौ २१ गते बिहान तेजबहादुर कार्की सहितको ६ जना सदस्यहरुको हत्या भएको थियो । उनी तेजबहादुरका भतिज पनि हुन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमापक्राउ परेका लोकबहादुरले योजनाबद्ध नभएर आवेगमा आएर हत्या गरेको प्रहरीले बताएको छ । हत्यामा उनले चिर्पटको प्रयोग गरेको र सो चिर्पट पछि आफ्नो अगेनोमा लगेर बालेको पनि प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ प्रहरीका कार्यालयका प्रमुखडी आइजी अरुणकुमार बिसीले घटनामा एउटै हतियारको प्रयोगभएको पाइएको बताएका छन् ।
अभियुक्त बेलाबेला आक्रोशित हुने, नजिकमा रहेकाहरु लाई जे पाए त्यसैले आक्रमण गर्न खोज्ने स्वभावका थिए । उनी राति नसुत्ने, र एक्लै हिड्ने अनि घरमा बुवा र कान्छा भाई सँग पनि झगडा गरिरहने गर्थे । अभियुक्तको बुवा नभएको कारणले उनलाई मृतक तेजबहादुर बेला बेलामा सम्झाउन उनको घर गईरहन्थे र उनले भनेको नमान्दा हप्काउने पनि गर्थे । त्यही कुरालाई उनले गम्भीर रुपमा लिएको थियो । पछि उनलाई आप्नकाका तेजबहादुर सँग घृणा हुन थालेको थियो । साथै उनी विदेशबाट पनि फर्केर आएको र ऋणतिर्न नसकेको प्रहरीले जनाएको छ । आमाको उपचार र क्रिया गर्दा पनि जग्गा सबै बेच्नु परेको बताईएको छ ।
सुरुमा उनले तेजबहादुरको हत्या गरेको र त्यसपछि मात्रै परिवारका अन्य सदस्यहरुको हत्या गरेको प्रहरीले बताएको छ । लोकबहादुरले भने, ‘सुरुमा तेजबहादुरलाई आक्रमण गरँे । बारम्बार चिर्पट प्रहार भएपछिउनको मृत्यु भयो । पछिमहिलाहरु आत्तिएर कुनै प्रतिक्रिया जनाउन सकेनन् । र उनीहरुलाई पनि चिर्पटले हानेँ । त्यस पछि ती केटाकेटी लाई र अन्तिममा घर भित्र गएर हजुर आमाको टाउको भित्तामा ठोक्काएर हत्या गरेको हूँ ।’
आक्रमण पछि तेजबहादुरले गुहारगुहार भन्दै चिच्याएको सुनेर श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएको र उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हानेका थिए । पछि दुईछोराछोरीलाई पनि लोकबहादुरले आक्रमण गरेको बताइएको छ । काकालाई मात्रमार्ने लक्ष्य भएपनि अरूले देखेकोले सबैलाई हत्या गरेको उनले बयानदिएकाछन् ।
तेजबहादुरको हत्या गरेपछि अन्य सदस्यहरु लाई लखेटी लखेटी मारेको अवस्था रहेको प्रहरीले जनाएको छ । प्रहरीको बयान अनुसार, ‘पछाडी नाबालक बच्चा पनि घरबाट निस्केको अवस्थामा बच्चालाई पनि लखेटीलखेटी मारेको अवस्था छ । हजुरआमा कँुडो पकाइरहेको अवस्थामा त्यही कपाल समातेर टाउको भित्तामा बजारेर हत्या गरेको देखियो ।’
मादी नगरपालिका–१, उम्लिङको खोलागाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमलाकार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सातवर्षीया गोमा कार्कीको सामूहिक हत्याभएको थियो । घटनामा परिवारका सातजना मध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन् ।