चीन एक किलाेमिटर लामाे भीमकाय अन्तरिक्षयान बनाउने तयारीमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २४९ पटक पढिएको

चीनले एक किलोमिटर लामो भीमकाय अन्तरिक्ष यान कसरी बनाउने भनेर अनुसन्धान गरिरहेको छ । तर यो विचार कत्तिको सम्भव छ, र यस्तो विशाल अन्तरिक्ष यानको उपयोग के हुनेछ भन्ने प्रश्न विभिन्न वैज्ञानिकहरुले गरिरहेका छन् ।

यो परियोजना चीनको नेशनल नेचुरल साइन्स फाउण्डेशन, देशको विज्ञान र प्रविधि मन्त्रालयद्वारा प्रबन्धित एक कोष एजेन्सीबाट अनुसन्धान प्रस्तावहरुको लागी एक व्यापक आह्वानको हिस्सा हो ।

फाउण्डेशनको वेबसाइट पोस्ट (नेशनल नेचरल साइन्स फाउण्डेशन) गरिएको एउटा अनुसन्धान रुपरेखाले यस्तो विशाल अन्तरिक्ष यानलाई अन्तरिक्ष स्रोतको भविष्यको उपयोग, ब्रह्माण्डका रहस्यहरुको अन्वेषण र कक्षमा लामो समयसम्म बस्ने प्रमुख रणनीतिक एयरोस्पेश उपकरणको रुपमा वर्णन गरेको छ ।

फाउण्डेशन वैज्ञानिकहरुलाई नयाँ, हल्का डिजाइन विधिहरुमा अनुसन्धान गर्नको लागी र अन्तरिक्षमा यस्तो विशाल संरचनाहरुलाई सुरक्षित रुपबाट भेला गर्नको लागि नयाँ प्रविधिहरुमा अनुसन्धान गर्न चाहन्छ ।  
यो परियोजनाको अनुसन्धान पाँच वर्षको लागि रहनेछ । यस अनुसन्धानका निमित्त यस संस्थाले १५ मिलियन युआन (रु २८ करोड) बजेट विनियोजन गरेको छ ।

यो परियोजना झट्ट सुन्दा काल्पनिक जस्तो पनि लाग्छ तर पूर्व नासाका प्रमुख मेसन पेकका अनुसार यो असम्भव भने होइन भनेका छन् । यसमा विशुद्ध विज्ञान भन्दा पनि यसमा प्रयोग गरिने ईञ्जिनियरिङ् कन्सेप्ट बढी महत्वपूर्ण हुन्छ ।

पेकका अनुसार यो स्पेसशीप बनाउन सबैभन्दा चुनौतीको कुरा बजेट रहनेछ । ११० मिटर बराबरको स्पेश स्टेशन बनाउन लगभग १०० बिलियन अमेरिकी डलर खर्च (रु ११६८०४३०००००००) भएको थियो । अब बनाउन लागिएको स्पेश शीप यो भन्दा १० गुणा ठूलो भएको हुँदा यसको बजेटले अर्थ अनुसार शक्तिशाली भनिएको ठूला ठूला राष्ट्रिय अन्तरिक्ष संस्थाहरुलाई पनि हम्मे हम्मे पर्ने पेकको भनाई छ ।

फाेटाे स्राेत – लाइभ साइन्स

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित