बाढी र तूफानले अमेरिकाको उत्तरपूर्वी चार राज्यहरुमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७० पटक पढिएको

अमेरिकाको उत्तर–पूर्वीे बाढी र तूफानले कम्तीमा ४५ व्यक्तिको ज्यान लिएको छ । ती ४५ जना मध्ये एकै परिवारका ३ नेपालीकाे पनि यस आँधीमा परेर मृत्यु भएकाे छ ।
निम्न चार वटा राज्यका व्यक्तिले ज्यान गुमाएः
(१) न्यू जर्सीका गभर्नर फिल मर्फीले  उनको राज्यमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको र– ती मध्ये धेरै जसो पानीको सतह बृद्धि हुनासाथ सवारी साधनहरुमा पसेका कारण मृत्यु भएको समेत बताएका छन् ।
(२) न्यूयोर्क शहरमा कम्तीमा १४ जनाले ज्यान गुमाए, जसमा दुई बर्षीय बालक पनि थिए । उनीहरु मध्ये ११ जना डुबानमा परेको अधिकारिहरुले बताएका थिए ।
(३) पेन्सिलभेनियामा पाँच जना को मृत्यु भयो, र कनेक्टिकटमा एउटा सैनिकलाई बगाएको थियो ।
(४)  मेरिल्याण्ड र भर्जिनियामा समेत केही व्यक्तिहरुको मृत्यु भएको अधिकारिहरुले बताएका छन् ।

अमेरिकाले देशभरि जलवायु सम्बन्धी विनाशको सामना गरिरहेको छ र यसलाई सामना गर्नु “जीवन र मृत्युको विषय“ भएको र“ऐतिहासिक लगानी“ जलवायु संकट संग लड्न को लागी आवश्यक भएको, अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउएका छन् । न्यूयोर्क शहर र न्यू जर्सीमा अभूतपूर्व वर्षा भएको थियो र केही वासिन्दाहरु बाढीको बेसमेन्ट र कारहरुमा फसेका थिए ।

राष्ट्रपति बाइडेनले न्यु जर्सी र न्यूयोर्क दुवैमा आपतकालको घोषणा गरेका छन् । दुवै राज्यहरुलाई स्थानीय आपत्कालिन राहत प्रयासहरुले सहयोग गर्न संघीय कोषलाई सक्षम बनाएको बताएका छन् । आँधीबेहरी को आवृत्ति मा जलवायु परिवर्तन को प्रभाव  भने अझै पनी अस्पष्ट छ ।  बढेको समुद्री सतह को तापमानले वायुमण्डलको हावा लाई तातो बनाउँछ । जसका कारण तूफान र चक्रवातको लागी अधिक ऊर्जा उपलब्ध गराउँछ । फलस्वरुप, उनीहरु चरम वर्षा सँग तीव्र हुने सम्भावना रहेको हुन्छ ।

औद्योगिक युग शुरू भएदेखि संसारमा लगभग १.२ डिग्री सेल्सियस सम्म तापमान वृद्धि भैसकेको छ । जलवायु विद् अनुसार जब सम्म विश्वभरका सरकारहरुले उत्सर्जन मा भारी कटौती गर्दैनन् तब सम्म तापक्रम बढ्दै जान्छ ।

फाेटाे साेर्स – विकिपिडिया

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित