बागमतीमा एमालेको शाक्य सरकार अल्पमतमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०२८ पटक पढिएको

नेकपा एमाले विभाजनको असर प्रदेशहरुमा पनि देखा पर्न थालेको छ । प्रदेश १ र बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमतका प्रदेश सरकारहरु अल्पमतमा परेका छन् । एमालेबाट विभाजन भएको माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाए सँगै गठबन्धनको सरकारमा सहभागी भएका छन् । समाजवादी पार्टीमा सातै प्रदेश सभाका संसदहरु नेपाल पक्षमा खुलेर लाग्न थालेका छन् । बागमती प्रदेश सभाका १२ संसद्हरुले समाजवादी पार्टीमा खुलेर लागेपछि अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । अल्पमतमा परेसँगै गठबन्धनमा सहभागी दलहरु बागमती प्रदेशमा सरकार निर्माणको तयारीमा जुटेका छन् ।

शाक्यका भने सकभर आफ्नो सरकारलाई टिक्न साना राजनीतिक दलहरुसँग मिलेर जाने सम्भव नभए पछि नयाँ सरकार गठनको लागि मार्ग स्पष्ट भएको एक प्रदेश सभा सदस्यले जानकारी दिए ।

एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका कृष्ण खनालले आज समाजिक विकास मन्त्रीबाट राजीनामा दिएका छन् । बागमती प्रदेशमा अब एकीकृत समाजवादी पार्टीको नेतृत्वमा गठबन्धनको सरकार बन्ने राजेन्द्र पाण्डेले जानकारी दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेश सरकारको नेतृत्व काँग्रेस र माओवादीले गरेकाले बागमतीको सरकार एकीकृत समाजबादीको नेतृत्वमा बन्ने जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित