भ्याक्सिन: कुन कति प्रभावकारी ?
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३९ पटक पढिएको
माेनिका वाईबा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फरक फरक देशले बनाएको ६ ओटा भ्याक्सिनलाई मान्यता दिएको छ । कोरोना (कोभिड १९) को लहरहरु देखा परिरहँदा भ्याक्सिनको पनि छुट्टा छुट्टै प्रकारहरु बनिरहेका छन् । कोरोनाको व्यापक चर्चा र प्रभावलाई पछ्याउँदै आएको भ्याक्सिनले पनि पछिल्लो समय राम्रै चर्चा बटुलेका छन् । कोरोना जत्तिको शक्तिशाली नभए पनि केही हद सम्म यसले सबैलाई प्रभाव पार्न सफल छ ।
डब्लुएचओले प्रमाणित गरी अनुमति दिइएका भ्याक्सिनहरुले कोरोना नलाग्ने भन्ने हुँदैन तर केही हद सम्म भने शरीरलाई सुरक्षित राख्ने चिकित्सकहरुले बताईरहेका छन् । ६ ओटै भ्याक्सिन डब्लुएचओले प्रमाणीकरण गरे पनि त्यसको प्रभाव भने फरक फरक छन् । सम्भवत एउटै रोगको यति धेरै प्रकारका भ्याक्सिन बनेको यो पहिलोपटक हो । त्यसका क्षमताहरु फरक फरक छन् । भ्याक्सिनको बारेमा कुरा गरिरहँदा सर्वप्रथम हामी भ्याक्सिन भनेको के हो भन्ने बुझाैं ।
कोरोनाको भ्याक्सिन के हो ?
कोरोनाको भ्याक्सिन पनि एक प्रकारको खोप हो । जसले शरीरलाई भाइरस बाट सुरक्षित रहन मद्दत गर्छ र शरीर को प्रतिरक्षा प्रणाली लाई मजबुत बनाई किटाणुहरु नष्ट गर्नुका साथै भविष्य मा समेत उक्त रोगबाट शरीरलाई धेरै हद सम्म सुरक्षित राख्दछ । यसको प्रतिरक्षा धेरै महिना सम्म रहने तर कति समय सम्म रहन्छ भन्ने यकिन गर्न नसकेको बताईएको छ ।
कसले कसले लगाउने ?
भ्याक्सिन बाट हुने प्रभावहरु को सामना गर्न सक्ने व्यक्तिहरु सबैले लगाउने । फोक्सोमा समस्या, मुटु रोग, धेरै मोटोपना, मधुमेह, कलेजो रोग र एचआईभी एड्स भएका व्यक्ति बाहेक अरुले सबैले भयाक्सिन लगाउन सक्छन् । यी मध्ये कुनै पनि रोग भएको व्यक्तिले पनि चिकित्सकको सल्लाह बमोजिम भ्याक्सिन लगाउन पाउँछन् । आफुलाई कोभिड भैसके पछि वा नहुँदा पनि भ्याक्सिन लगाउन सकिन्छ । डब्लुएचओको अनुसार भ्याक्सिन लगाए पछि शरीरमा एलर्जी देखिए तुरुन्त चिकित्सक सँग परामर्श लिनुपर्ने र अर्को डोज पनि चिकित्सककै निगरानीमा बसेर लिनु पर्छ ।
विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको ६ ओटा भ्याक्सिनहरु:
फाइजर – बायोएनटेक भ्याक्सिन
यो जर्मनी र अमेरिकन कम्पनीको सहकार्यमा बनाईएको भ्याक्सिन हो । यो कोभिड–१९ को विरुद्द बनाईएको पहिलो भ्याक्सिन हो । जुन आपतकालीन समयको लागि भनि ११ डिसेम्बर २०२० मै बनाईएको थियो । यो पनि दुईओटा डोज पश्चात् मात्र पूरा हुन्छ । पहिलो डोज लगाएको २१ दिन देखि ४२ दिन सम्ममा दोस्रो डोज लगाइसकेको हुनपर्छ । यो ९१.३ प्रतिशत प्रभावकारी रहेको छ । यसलाई ९७ देशहरुमा लगाईएका छन् ।
मोडर्ना भ्याक्सिन
यो अमेरिका द्वारा बनाईएको भ्याक्सिन हो । यो फाइजर भन्दा केही हप्ता पछि बनाइएको हो । अमेरिकाको रणनीतिक खोप विशेषज्ञ सल्लाहकारहरुको समूह (स्ट्र्याटेजिक एडभाइजरि ग्रुप ओफ एक्स्पर्ट, एसएजीई) ले यसको १०० एमजी, ०.५ एमएलको दुईओटा डोज तोकेका थिए । यसको पहिलो डोज दिएको २८ दिन देखि बढीमा ४२ दिन भित्रमा लगाईसक्नु पर्ने छ । मोडर्ना भ्याक्सिन ९४.१ प्रतिशत प्रभावकारी रहेको छ । यो ६८ देशहरुमा लगाईएका छन् ।
जोन्सन एण्ड जोन्सन भ्याक्सिन
यो पनि अमेरिका द्वारा बनाईएको भ्याक्सिन हो । यो २०२१ फेब्रुअरीमा बनाईएको हो । यो मात्र एउटा त्यस्तो भ्याक्सिन हो जुन एक डोजको मात्राले पुग्छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रभावकारिता भने ८५.४ प्रतिशत देखि ९३.१ प्रतिशत रहेको छ । उमेर र स्वास्थ्य अनुसार यसको प्रभाव पर्ने डब्लुएचओले जानाएको छ । यो ५९ देशहरुमा लगाईएका छन् । यो डेल्टा भेरियान्टको लागि पनि प्रयोग गर्न सकिने छ । नेपालमा पनि एकपटक यो डोज दिईएको थियो ।
अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिन
यो भ्याक्सिनलाई तुलनात्मक रुपमा अरु भन्दा सस्तो मानिएको छ । यो दुई प्रकारका छन् । जुन कोरिया र ईन्डियामा बनाईएको हो । भारतमा बनाईएकालाई कोभिसिल्ड भनिन्छ । यो अमेरिकामा बाहेक अरु देशहरुमा प्रयोग भैरहेका छन् । यसको पनि दुईओटा डोज हुन्छन्, जुन ८ देखि १२ हप्ता सम्ममा पूरा गर्नुपर्ने हुन्छ । यो डोजको प्रभाव ६३.०९ प्रतिशत रहेको छ । यो १२१ देशहरुमा लगाईएका छन् । कोभिसिल्ड भने ४५ देशहरुमा लगाईएका छन् । नेपालमा पनि भारतको सहयोगमा यसको डोज लगाईएका छन् ।
सिनोफार्म भ्याक्सिन
यो भ्याक्सिन चीनद्वारा बनाईएको हो । यसलाई भेरोसेल पनि भन्ने गरिन्छ । यसको लागि पनि दईओटा डोज (०.५ एमएल) तोकिएका छन् । यो पहिलो डोज लगाएको ३ देखि ४ हप्ता सम्म लगाइसक्नु पर्नेछ । यसको प्रभाव ७९ प्रतिशत रहेको छ । यो ६० देशहरुमा लगाईएका छन् । यो डोज नेपालमा पनि चीनको सहयोग द्वारा लगाईरहेका छन् ।
सिनोभ्याक भ्याक्सिन
यो पनि चीनद्वारा बनाईएको भ्याक्सिन हो । यसको पनि दुईओटा डोज लगाउनु पर्छ । यो २ देखि ४ हप्ताको बीचमा लगाइसक्नु पर्ने हुन्छ । यसको कार्यक्षमता भने ५१ रहेको छ । यो ३९ देशका नागरिकहरुमा लगाईएका छन् ।