एक अफगानी केटीको पत्र
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३४७ पटक पढिएको
म सानी उमेरकी केटी हुँ । म अफगानिस्तानमा बस्छु । तालिवान आउनुभन्दा अगाडी हामी सबै राम्रोसँग आ–आफ्नो काममा र विद्यालय तिर जान्थ्यौं । हामी सबै सँग आफ्नो अधिकार थियो र हाम्रो अधिकारका लागि हामी स्वतन्त्र भएर लड्न सक्षम थियौं । तर जब तालिवानीहरु आए हामी त्रशित भयौं । हाम्रो सपनाहरु मृत्युशैय्यामा लडीरहेको भन्ने सोच्न थालेका छौं । हाम्रो अधिकार माथि धावा बोलिएको भन्ने लागिरहेको छ । हामी बाहिर निस्कन सकिरहेका छैनाै । हामीबाट हाम्रो शिक्षा र काम खोसिएको छ ।
एकाध मान्छेहरुले तालिवान बद्लिसकेका छन् भन्ने कुरा गर्छन्, तर मलाई त्यस्तो लाग्दैन, किनभने उनीहरु सँग निकै नै कालो विकराल विगत छ ।
एकदिन उनीहरु बिहानै हाम्रो घरमा आएका थिए । उनीहरुलाई देखेर हामी सबै त्रशित भयौं । त्यस दिन देखि यस्तो हालतमा कसरी पढ्न सकिएला र भन्ने सोचिरहन्छु । म विद्यालयबाट फर्र्किंदा कालो धूवाँहरु उडिरहेको हुन्छ । त्यस्तो अवस्थामा पनि म सजिलै घर चाहीँ आउन सक्थेँ । तर म अब सजिलै सँग पढ्न जान सक्दिन । विद्यालयहरु बन्द हुने कुरा हँुदैछ । शायद हामी हाम्रो दुई दशक गुमाउँदै छौं । फेरी हामी अधिकारहरु गुमाउँदै छौं । हाम्रो जिन्दगी अब अन्धकार हुँदैछ । हाम्रा स्वतन्त्रताहरु खोसिने छन् र हामी फेरी कैद हुने छौं ।