देउवाको नेतृत्वमा दोस्रोपटक एमाले विभाजन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३० पटक पढिएको
नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारले मंगलबार ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी विधेयकको विरोध गठबन्धन बाटै भएको छ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विरोध गरेका थिए । सरकार सञ्चालनका लागि सदनमा बहुमत बनाई राख्नु पर्ने भएकाले नेपाली काँग्रेसका ६१ माओवादी केन्द्रका ४८ जसपाका २० स्वतन्त्र र जनमोर्चाका एक–एक गरि जम्म १३१ सांसदहरुको सरकार लाई समर्थन छ ।

गठबन्धनको सरकारलार्ई बहुमत पुर्याउनको लागि १३६ संसदको समर्थन आवश्यक पर्दछ । त्यसको लागि अहिले एमालेको माधव नेपाल समूहको आवश्कता प्रधानमन्त्री शेर बाहादुर देउवालाई छ । एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपालको अन्तर संघर्षको तिक्तताको फाईदा उठाउँदै माधव कुमार नेपाललाई सहज हुनेगरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश देउवा नेतृत्वको सरकारले ल्याएको हो ।
नेपाल पक्षीय नेत्री रामकुमारी झाँक्रीले अध्यादेश आईसकेपछि कानुनी बाधाबाट मुक्त भएको र अब नयाँ पार्टी खोल्ने बाटो खुलेको बाताइन् । अध्यादेश आउनु अगाडी पार्टी विभाजन गर्नु वा नयाँ पार्टी खोल्नु केन्द्रीय सदस्यको ४० प्रतिशत सदस्य हुनु पर्ने बाध्यता थियो । यो बाध्यतालाई हिजो ल्याईएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले खुकुलो बनाएको छ ।
प्रधानमन्त्री शेर बाहादुर देउवाको नेतृत्वमा नेकपा एमाले दोस्रोे पटक फुटको संघारमा पुगेको छ । वि.सं. २०५४ सालमा एमालेका महासचिव नेपाल हुँदा महाकाली सन्धिको विषयलाई लिएर नेपाल ओलीको अन्तर विरोधले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भएको थियो । तत्कालीन समयमा प्रधानमान्त्री देउवानै थिए ।
एमालेको प्रतिनिधि सभामा एक सय २१ सांसदहरु छन् जसमध्ये नेपालको पक्षमा २२ संसदहरु छन् । माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, कलिला खातुन, समिमा हुसेन र कृष्णलाल महर्जन नेपालको पक्षमा छन् । एमालेको केन्द्रीय कमिटिमा जम्मा २०३ सदस्य रहेका छन्, जसमध्ये नेपाललाई ५७ केन्द्रिय सदस्यहरुले लिखित रुपमा नयाँ पार्टी खोल्न समर्थन गरेका छन् । नेपाल समूहले राष्ट्रपतिले अध्यादेश जारी गर्ने वितिकै नयाँ पार्टी निर्माण गर्ने बाताएका छन् । नेपाल समूहका नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी गरेको जानकारी दिएका छन् ।