अफगानिस्तान द्वन्द – काबुल तालिबानको नियन्त्रणमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३५ पटक पढिएको

अफगानिस्तानको राजधानी काबुललाई आफ्नो पकडमा लिएपछि तालिबानले विजयी भएको दाबी गरेको छ । यसका साथै अमेरिकी निर्देशनमा बनेको गठबन्धनको लगभग २० वर्षपछी अन्त्य भएको छ ।

लडाकुहरुले राष्ट्रपति भवन आक्रमण गर्दा सरकार ढलेको छ भने राष्ट्रपति घानी बाहिर उडेका छन् ।

तालिबान समूहका एक प्रवक्ताले अल जजिराआई भनेका छन् "युद्ध सकिएको छ ।"

काबुल अराजकतामा फसेको अवस्थामा स्थानीय वासिन्दा तथा विदेशी नागरिकहरु भाग्ने क्रममा छन् ।

राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्षदर्शीले बिबिसीलाई भनेका छन् "कर्मचारीहरु आफ्नो कार्यालय छोडेका छन् भने मान्छेहरु हवाईजहाजतिर दगुर्दै छन् ।"

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त राज्यले दूतावासका कर्मचारीहरुलाई विमानस्थलमा सारेको छ । अमेरिकी सैनिकले सुरक्षित परिधीमा वायु ट्राफिक नियन्त्रण लिएर आफ्ना र सम्बद्ध राष्ट्रका नागरिकलाई सुरक्षित साथ घर पठाउने छ ।

तालिवान विद्रोहीहरुले नियन्त्रणमा नलिएको काबुल अन्तिम प्रमुख शहर थियो । एक महिनाअघि मात्र केही भुभागहरु नियन्त्रणमा लिन खोजेका तालिवानहरुको तिव्रताले सबैलाई त्रसित तथा चकित तुल्याएको छ ।

लडाकुहरुले धेरै अन्य देशका सेनाहरु देश छाडेपछि मात्र भुभाग नियन्त्रणमा लिन सफल भएका थिए ।

अमेरिकन सेनाहरु फिर्ता भएको कुराको बचाउमा बोल्ने राष्ट्रपति बाईडनले भनेका छन् – " अनन्त समयसम्म अरु देशमा अमेरिकी उपस्तिथिको सार्थकता रहँदैन ।"

अमेरिका र ब्रिटेनसँगै अन्य ६० देशहरुले विज्ञप्ति जारी गर्दै अफगानिस्तानका नागरिकहरु सुरक्षा र प्रतिष्ठाका साथ जिउन योग्य रहेको र रक्षा तथा नागरिक आदेशको छिट्टै पुनर्स्थापना हुनुपर्ने भनेका छन् । साथै तालिवानहरुलाई बाहिरी देशका नागरिकहरुलाई घर आउन सहज बनाईदिन तथा राजमार्ग, विमानस्थल तथा सिमानाकाहरु खुलाउन आग्रह गरेका छन् ।

शहरका केही बाहिरी ठाउँहरु नियन्त्रणमा लिएपछि आईतवार तालिवानले आफ्ना लडाकुहरुलाई काबुल आउन निर्देशन दिएको थियो । उनीहरुको सैनिकहरुले राजधानी छोडेपछि अराजकता र लुटपाट रोक्न काबुल आएको बताएका छन् ।

अलजजिराले लिएको फुटेज प्रसारणमा लडाकुहरुले राष्ट्रपति भवनभित्रको बन्दुकहरु लिएका छन् ।

राष्ट्रपति घानी बाहिर उडेपछि तालिवानहरु काबुलमा आएको जनाइएको छ । उनी कता छन् भन्ने कुरा र ठेगानाको विवरण अझै निश्चित भएको छैन तर अल जजिराका एक पत्रकारका अनुसार उनी छिमेकी उज्वेकिस्तानको तस्केन्तमा छन् ।

आफ्नो फेसबुक पोस्टमा अफगानिस्तानका नागरिकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले देश छाड्ने चुनौतीपूर्ण निर्णय राजधानीमा रक्तपात रोक्न लिएको बताए ।

"तरवार र बन्दुकमार्फत निर्णय लिएर विजयी भएको तालिवानसँग आफ्ना नागरिकको सम्मान, सुरक्षा, समृद्धि र आत्मसम्मान सुनिश्चित गरिदिनुपर्छ," असरफ घानीले भनेका छन् ।

राष्ट्रपति देश छोडेकाले अरु राजनीतिज्ञबाट आलोचनाको विषय बनेका थिए । "ईश्वरले उनलाई अवश्य जवाफदेही बनाउनुहुनेछ र राष्ट्रले मूल्याकंन गर्नेछ," राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले भनेका छन् ।

काबुलमा डर र आतंक भईरहँदा स्थानीय वासिन्दा तथा विदेशी नागरिकहरु हिँडेर नै विमानस्थल पुग्न कोशिस गरेका छन् । उनीहरु देशदेखी बाहिर जान चाहन्छन् ।
एक २२ वर्षीय विद्यार्थीले बिबिसीलाई बताएअनुसार उनी पाँच घन्टाभन्दा धेरै हिँडेका थिए । "हिँड्दै गर्दा खुट्टा दुखेर छाला उक्किँदा मलाई अहिले उठ्न पनि धौधौ भईरहेको छ । परिवारलाई सम्झिएर म अब जाँदै छू । उनीहरु बाहिर जान असम्भव छ । यो देशमा म भविष्य देख्दिन," उनले भनेका छन् ।

अमेरिकी दूतावासका अनुसार काबुल विमानस्थलमा गोलीहरु चलाइएकाले आफ्ना नागरिकहरुलाई सुरक्षित ठाउँमा आकस्मिक आश्रय लिन अनुरोध गरिएको थियो ।

शहरको केन्द्रमा बैंकदेखि पैसा झिक्नको लागि दिनभर लामो ताँती थियो ।

स्थानीय सांसद फर्जना कोचाले बिबिसीलाई बताएअनुसार नागरिकहरु अन्योलमा हुँदा केही भागेका छन् भने केही घरभित्रै लुकेका छन् ।

शहरको कराबाघ जिल्लाको रिपोर्ट अनुसार लडाइँको कारणले केही मान्छेहरु घाइते भएको जनाइएको छ ।

तालिवानी वार्ताकार सदस्य सुहाईल सहसिनले बिबिसीलाई भनेका छन्, "काबुलका जनताहरुले आफ्नो सम्पत्तिको चिन्ता लिनु पर्दैन र सबैको ज्यान सुरक्षित हुनेछ । हामी यो देश र जनताका सेवक हौं ।"

आफ्ना नागरिकहरुलाई फर्काउन हतार

संयुक्त राज्यले हज्जारौं सैनिक आफ्ना कर्मचारी र अमेरिकी मिशनमा सहयोग गरेका अफगानी नागरिकहरुलाई हटाउन तैनाथ गरेको छ । हेलिकप्टरहरुले दूतावासका कर्मचारीहरुलाई उद्दार गरेको आवाज शहरमा सुन्न सकिन्छ । अमेरिकी दूतावास क्षेत्रमा महत्त्वपूर्ण कागजात जलाउँदा धुवा बलिरहेको रिपोर्ट पनि आएको थियो ।

फिर्ता गरिएको मिशनमा सघाँउदै गर्दा ६०० बेलायती सैनिक तैनाथ गरिएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन् "हाम्रो पहिलो प्राथमिकता आफ्ना नागरिक र २० वर्षसम्म बेलायती भूमिकालाई सहयोग गरेका व्यक्तिलाई छिटोभन्दा छिटो अफगानिस्तानदेखि फर्काउनु हो ।"

प्रधानमन्त्रीले मित्रवत शक्तिहरुलाई सँगै काम गर्न र नयाँ सरकारलाई कुनै सम्झौता बिना पहिचान नगर्न अनुरोध गरेका छन् ।

अरु देशहरुले पनि आफ्ना नागरिकहरुलाई त्यहाँबाट घर पठाउन खोजेका छन् । साथै केही राष्ट्रले दूतावास बन्द गरेर आफ्नो उपस्थिति पनि कम गर्दैछन् ।

रुसले आकस्मिक भेला डाकेर संयुक्त राष्ट्र सुरक्षा परिषदमा अफगानिस्तानको अवस्थाबारे वार्ता गर्ने योजना बनाउँदैछ ।
रुसले तालिवानबाट सुरक्षा प्रत्याभूति पाएकाले पनि दूतावास बन्द नगर्ने बताएको छ ।

(बिबिसीको रिपोर्टमा आधारित )

photo source -ORF

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित