हाइटीमा ७.२ म्याग्नेटूडको भूकम्प

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३२९ पटक पढिएको

पश्चिम हाइटीमा शनिबार बिहान आएको भूकम्पले केही भवन, होटल तथा चर्चहरु भत्काएको छ ।

शक्तिशालि भूकम्पको कारणले न्यूनतम ३०४ जनाको ज्यान जाँदा १८०० भन्दा धेरै घाइते भएका छन् । भूकम्पले व्यापक हानी गरेकाले एक महिनासम्म आपत्कालिन समय लगाईने प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

हाइटी अझै पनि सन् २०१० को भूकम्पबाट बामे सर्दै थियो । तर अहिले फेरि आएको भूकम्पले त्यो गतिलाई अझ सुस्त बनाउने पक्का छ ।

US Geological Survey (USGS) अनुसार शनिबारको भूकम्पको केन्द्रबिन्दु सेन्ट लुईस डु सुदभन्दा १२ किलोमिटर टाढा थियो । झड्का केन्द्रबिन्दुभन्दा १२५ किलोमिटर टाढा  घना जनसंख्या भएको राजधानी  पोर्ट अ प्रिन्स शहर र छिमेकी देशमा महशुस गरिएको थियो ।

भूकम्पको केन्द्रबिन्दु नजिकै बसोबास गर्ने क्रिस्तीला सेन्ट हिलेरीले एएफपीलाई बताएअनुसार धेरै घर ध्वस्त हुँदा थुप्रै मान्छे हातहाती भएको र कैयन् मान्छेहरु अस्पतालमा छन् । केहीको निधन पनि भएको छ ।  

प्रधानमन्त्री अरिल हेनरीले सबैभन्दा प्रमुख काम घाइतेहरुलाई छिटोभन्दा छिटो निको बनाई  बचाउनु हो भनेका छन् । लेस कयेस शहरमा स्थानीय अस्पताल घाइतेहरुले भरिएकाले आफु त्यसको कार्यतिर लागेको भनेर ट्विट पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोग मार्फत तत्काल प्रतिक्रिया दिने घोषणा गरेका छन् । पुनर्निर्माण गर्न तथा घाइतेहरुको सेवा गर्न युएसआईडी प्रतिबद्व भएको पनि जनाएका छन् । चुनौतीपूर्ण समयमा हाईटीका जनताहरुले भोगेको भूकम्पले आफुलाई दुखी बनाएको बाइडनले बताएका छन् ।

USGS ले केही समय अघि भूकम्पले हजारौंलाई घाइते बनाउनका साथै  ज्यान पनि लिन सक्ने चेतावनी दिएको थियो । उक्त संस्थाले ५.८  म्याग्नेट्युडडको भुकम्पका साथै केही पराकम्पन पनि महशूस  गरिएको जानकारी दिएको थियो । हाइटीको ले नुवलिस्ट पत्रिकाका सम्पादक  फ्राञ्च दुवालले लेस कयेस शहरका केही भवनहरुमध्ये दुई होटल पनि ध्वस्त भएको र स्थानीय अस्पताल भरिएको ट्विट गरेका छन् ।

ले नुवलिस्ट पत्रिका अनुसार भूकम्पले दक्षिणी तटका केही भवन, होटल तथा चर्चहरु भत्काएको छ ।

एपिसकोपल चर्चका प्रमुख अर्क्डीकन अबिएड लोज़माले लेस कयेसमा न्यूयोर्क टाइम्सलाई बताए अनुसार गल्लिहरुमा मान्छेहरु छट्पटीरहेको भनेका थिए । मान्छेहरु आफ्ना निकट व्यक्तिलाई मात्र नभएर स्रोत औषधि तथा पानीको पनि खोजि गरिरहेका छन् ।

सामाजिक संजालमा भाइरल भएको तस्विरहरुमा भत्केका भवन र भग्नावशेष वस्तुको चाङ्ग देखिएको छ ।

क्षति मूल्याकंन गर्न धेरै समय लाग्ने भएकाले पनि यो ठूलो आपतकालिन मानवीय संकट  भएको सेभ द चिल्ड्रेनकि हाइटी निर्देशक  लेला बुर्हलाले न्युयोर्क टाइम्सलाई बताइन् ।

पोर्ट अ प्रिन्समा बसोबास गर्ने ३४ वार्षीया नओमी भर्सियासले एपीलाई बताएअनुसार ऊनी भूकम्पले खाट हल्लाएपछी उठ्न पुगेकी थिइन् ।

"म उठेर भाग्दा जुत्ता लगाउन पनि सक्ने अवस्थामा थिइन ।  सन् २०१० को भूकम्प पनि भोगियो । पछि सम्झिँदा मेरा दुई बच्चाबच्ची र आमा भित्रै हुनुहुन्थ्यो । मेरो छिमेकीले घरभित्र गएर तुरुन्तै बाहिर आउँन अत्याए ।  त्यसपछि जोगिन हामी गल्लितिर भाग्यौं ।" 

सन् २०१० मा गएको भूकम्पमा २००,००० मान्छेको ज्यान गएको थियो भने पूर्वाधार र अर्थतन्त्रमा व्यापक क्षति भएको थियो ।

देशमा राजनितिक संकट पर्दै गर्दा शनिबार भूकम्प गएको थियो । गत महिना हाइटीका राष्ट्रपति पनि मारिएका थिए ।

जापानिज र हाइटीको वंश मिसिएकि टेनिस खेलाडी नओमी ओशाका ट्विट गर्दै एकता व्यक्त गरेकी छन् । ”म यो हप्ता प्रतियोगीता खेल्दै छु र मैले प्राप्त गर्ने सबै पुरस्कार राहत वितरणमा खर्च हुनेछ । मलाई थाहा छ कि हाम्रा पुर्खाहरुको रगत बलियो छ र हामी छिट्टै नै उदाउने छौं ।” वेस्टर्न र साउदर्न ओपनको पुर्वसन्ध्यामा चार पटक ग्राण्डस्लाम बिजेताले भनेकी छन् । 

(बिबिसीको रिपोर्टमा आधारित )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित