मानुषी लघुवित्तको आइपिओ खुल्ला
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २४५ पटक पढिएको
मानुषी लघुवित्तले आज श्रावण २७ गते आइपिओ निष्कासन गरेको छ । कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो ।

जसमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार ४ सय ६९ कित्ता शेयर कर्माचारीहरुको लागी र ५ % ले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामाजिक लगानी कोषका लागी छुट्ट्याइएको छ ।
बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागी आवेदन दिन सकिने छ । लगानीकर्ताले यस कम्पनीको आइपिओमा श्रावण ३१ सम्म आवेदन दिन सक्नेछन् ।
उक्त कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एस.बि.आइ मरचेन्ट रहेको छ ।
प्रतिक्रिया दिनुहोस