वायु गुणस्तर कसरी मापन गरिन्छ ?

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३५१ पटक पढिएको

वायु गुणस्तर कसरी मापन गरिन्छ ?

वायु गुणस्तर मापन गर्नको लागि वायु प्रदुषण इन्डेक्स (एक्युआइ) विधि प्रयोग गरिन्छ । यो इन्डेक्समा वातावरण प्रदूषण मापन गर्ने स्केल हुन्छ । यो स्केल ० देखि ५०० सम्म हुन्छ र यसलाई वातावरणीय वायु प्रदूषणको उतारचढाव हेर्न प्रयोग गरिन्छ ।

हावामा प्रदूषणका विभिन्न कारकहरु प्राकृतिक साथै अप्राकृतिक रुपमा थपिने घट्नेक्रम चलिरहेको हुन्छ । यही क्रममा वर्तमान स्थितिमा कारकहरुको उपस्थिति र यसको असर के कस्तो हुन्छ भन्ने बारे जानकारी यस इन्डेक्सले दिन्छ ।

हावामा के हुन्छ त ?

हाम्रो वायुमण्डलमा मुख्यतः अक्सिजन (२० प्रतिशत) र नाइट्रोजन (७८ प्रतिशत) को मात्रा बढी हुन्छ । यसका साथै थोरै मात्रामा अन्य कणहरु पनि उपस्थित हुन्छन् । यो इन्डेक्सले भने पाँच थरि कणहरुको अध्ययन गर्दछः
–    भूमिगत तहको अक्सिजन (Ground Level Oxygen)
–    कार्वन मोनोअक्साइड (Carbon Monoxide)
–    सल्फर डाइअक्साइड (Sulphur Dioxide)
–    नाइट्रोजन डाइअक्साइड (Nitrogen Dioxide)
–    हावामा हुने अन्य कण, एरोसोलहरु (Airborne particles or aerosols)

वायुमण्डलमा भएका प्रदूषण निम्त्याउने खराब तत्वहरु के के हुन् ?  

वायुमण्डलमा हुने ओजोन तहले हामीलाई घामको विकिरणबाट बचाउने कुरा त हामीलाई जानकारी नै छ, तर ओजोन पृथ्वीको धेरै नजिक रहेको अवस्थामा यहाँ वस्ने मानव तथा अन्य प्राणीलाई हानिकारक हुनसक्छ । यसका साथै हावामा हुने अन्य हानिकारक वस्तुहरु जस्तै खानीबाट निस्किने धुलो, गाडीहरुबाट निस्किने धूवाँ लगायत अन्य स्रोतबाट निस्किने कणहरु प्रदूषणका कारकमा पर्दछन् । धूवाँमा ठोस तथा तरल अवस्थामा उपस्थित प्रदूषकहरुः निर्माणस्थल, धूम्रपान जन्य उत्सर्जन लगायत, वन डढेलो, ज्वालामुखी विस्फोटन लगायतका स्थानबाट थपिन्छन् । वायुमण्डलमा प्राकृतिक रुपमै उपस्थित कणहरु बीचको अन्तरक्रियाले पनि यस्ता तत्वहरु बन्ने गर्छन् ।

वायु प्रदूषणको स्तर कसरी मापन गरिन्छ अनि कस्तो अवस्थामा बाहिर ननिस्किने ?

वायु प्रदूषण इन्डेक्स अनुसार वायुमण्डलमा ५० भन्दा कम प्रदूषण रहेको अवस्थामा हावा स्वच्छ छ र सजिलै श्वास फेर्न सकिने हुन्छ भनेर बुझ्न जरुरी हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यका हिसाबले वायु अनुकूल हुन्छ, भने प्रदूषण मिटर बढ्दै जाँदा स्वाश प्रश्वासमा समस्या आउन सक्छ र हामीले सावधानी अपनाउनुपर्ने हुन्छ ।

वायु प्रदूषण इन्डेक्समा परीक्षण गर्नका लागि आवश्यक सूचना कसरी एकीकृत गरिन्छ ?

पृथ्वीका विभिन्न स्थानमा रहेका उपकरण तथा यसको परिक्रमा गर्ने भू–उपग्रहको सहायताले सूचना संकलन गरी एकीकृत अध्ययन गरिन्छ । वायुमण्डलमा रहेको प्रदूषणका कारकको स्थिति बारे सूचना जम्मा पार्न अमेरिकाको राष्ट्रिय सामुन्द्रिक तथा वायुमण्डलीय प्रशासनको भूस्थानिक परिचालन वातावरणीय भू–उपग्रह (GOER-R), संयुक्त ध्रुवीय भू–उपग्रह प्रणाली (JPSS) ले पृथ्वीको वायुमण्डलामा रहेका प्रदूषणका कारकहरु मापन गर्दछ । ती कारकहरु वनडढेलो सिर्जित धूवाँ, मरुभूमिमा हुरीले उडाएका बालुवाका कण, शहर र कलकारखानाबाट उत्पादन हुने प्रदूषक लगायत ज्वालामुखी फुट्दा निस्किने खरानीका मात्रा हुन् । यसका साथै यी प्रणालीले पृथ्वी नजिक रहेको ओजोनको मात्रा पनि मापन गर्न सक्षम हुन्छन् । विभिन्न शहरहरूमा स्थापना गरिएका अध्ययन केन्द्रहरुले पनि स्थानीय वायु प्रदूषण तहको जानकारी प्रदान गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित