आइपिओको वर्षात्

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५६ पटक पढिएको

पछिल्लो समयमा नेपाली शेयर बजारमा एकपछि अर्को गर्दै आइपिओ आउने क्रम जारी छ । हिजो मात्र सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो आइपिओ जारी गरेको थियो ।

आइपिओको लहर चल्दै गर्दा साहस उर्जाले यही साउन २९ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई  भनेर आइपिओ  निश्कासन गर्दै छ । कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीय वासिन्दालाई ३५००००० कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको आइपिओ मा स्थानीय वासिन्दाले भाद्र ११ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयमा आवेदन पुरा हुन नसकेको अवस्थामा उक्त मितिलाई बढाएर भाद्र २७ सम्म पुर्याउन सकिने छ ।

आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धकको रुपमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित