पारस खड्काले अन्तर्राष्ट्रिय क्रीकेटबाट लिए सन्यास

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६५ पटक पढिएको

मंगलबार बिहान आफ्नो सामाजिक संजालमा पारस खड्काले क्रिकेटदेखि सन्यास लिएको घोषणा गरेका छन् । दस एकदिवसीय र ३३ अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलेका पारस खड्काले सन् २००९ देखि सन् २०१९ सम्म नेपालको कप्तानी गरेका थिए ।

एशोसिएट क्रीकेटमा यो कुनै कप्तानले निभाएको लामो समयसम्मको जिम्मेवारी हो । उनको कप्तानीमा नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय मान्यता पाएको थियो । उनले एकदिवसीय खेलमा ३१५ रन बनाएका थिए भने टि-ट्वान्टीमा ७९९ रन उनको नाममा छ ।

डिभिजन पाँचमा रहेको नेपाल क्रीकेटलाई टि-ट्वान्टी विश्वकप सम्म पुर्याउँदै एकदिवसीय मान्यता दिलाउँदा उनले नेतृत्वदायी भूमिका खेलेका थिए । उनी सदैव नेपाली खेलप्रेमीहरुले श्रदा गर्ने खेलाडी हुन् ।

Photo source – Dhindocricket

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित