चीन आणविक क्षमता बढाउँदै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५५६ पटक पढिएको
पश्चिमको छिन्ज्याङ्ग प्रान्तका स्याटेलाईट तस्वीरहरुले चीनले आणविक मिसायलको सिलो फिल्ड बनाएको देखाएको छ । यो कुरा अमेरिकी वैज्ञानिक संगठन नेशनल साइन्टिस्ट असोशिएशनले जनाएको छ ।
अमेरिकी सुरक्षा अधिकारीले चीनको आणविक क्षमता बढिरहँदा चासोपुर्वक हेरिरहेका छ्न् । यो अन्तिम दुई महीनामा निर्माण गरिरहिएको दोस्रो सिलो फिल्ड हो ।
यो साईटमा ११० सिलोहरु राहनेछन् जसको प्रयोग भण्डारणका साथ साथै मिसायल परिक्षण गर्न भूमिगत सुविधाको रुपमा बनाईएको हो । गत महीना वासिङ्टन पोस्टले पनि गान्सु प्रान्तमा १२० सिलो रहेको भनेर लेखेको थियो । उक्त क्षेत्र मरुभूमिमा पर्छ ।
अमेरिकी वैज्ञानिक संगठनले सोमबार दिएको रिपोर्ट अनुसार नयाँ साइट युमनदेखि ३८० किलोमीटर उत्तर पश्चिम हमि भन्ने ठाउँमा निर्माणाधीन छ ।
सन् २०२० मै पेन्टागनले चीन आणविक वारहेडहरुको क्षमतालाई दोब्बर बनाउँदैछ भन्ने खबर गरेको थियो ।
यो खबर रुस र अमेरिकाले हतियार नियन्त्रणको कुरा अघि बढाउने तरखर गर्दै गर्दा आएको छ ।
अमेरिकी उप-परराष्ट्र सचिव वेन्डी सेर्मन र रुशी उप-परराष्ट्रमन्त्री सर्गे रेकोभ आणविक हतियारको प्रशोधनमा कमी लिएर आउनका लागि वार्ता अघि बढाउने क्रममा छन् । तर चीनले अझैसम्म हतियार नियन्त्रण गर्ने वार्तामा सहभागीता जनाएको छैन ।
"पछिल्ला दुई महीनामा दोस्रो पटक हामीले भनिरहेझै विश्वले भोगिरहेको खतराको घण्टीसँगै गोपनीयताको डर हुन थालेको जनताले महशुस गरिसकेका छ्न्," अमेरिकी रक्षा मन्त्रालयको रणनीतिक कमान्डले ट्विट गरेको छ ।
(बिबिसीको रिपोर्टमा आधारित)
Photo Source – Chanakyaforum