कफी धेरै पिउनु खतरनाकः डिमेन्शिया र स्ट्रोकको उच्च जोखिम

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३४८ पटक पढिएको

छ वा सोभन्दा बढी कप कफी पिउने व्यक्तिलार्ई ५३ प्रतिशत सम्म डिमेन्शिया र स्ट्रोकको जोखिम हुनसक्ने सम्भावना एक अध्ययन रिपोर्टले देखाएको छ । अनुसन्धानकर्ता अनुसार धेरै कफी खपत गर्नु भनेको मस्तिष्कको आयतनमा कमी लिएर आउनु हो र डिमेन्शियाको जोखिम उच्च बनाउनु हो ।

१७७०२ यूके बायोब्यांकका (उमेर हद ३७ देखि ७३ वर्ष) सहभागीहरुमा गरिएको अनुसन्धान अनुसार जो व्यक्ति छ वा सोभन्दा बढी कफी पिउने गर्छ उसलाई डिमेन्शिया र स्ट्रोक को उच्च जोखिम हुने बताइएको थियो । यो अनुसन्धान युनिसाको एसएचएमआरआईमा प्रसिजन स्वास्थ्यकालागि अष्ट्रेलियाई केन्द्र र अन्तर्राष्ट्रिय अन्वेषकहरुको टोलीले गरेको थियो ।

प्रमुख अन्वेषक र युनिसाका पिएचडी उम्मेद्वार किट्टी फाम अनुसार यो अनुसन्धानले सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने उनको अनुमान छ ।

फामका अनुसार “कफी संसारमा सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । कफी एक वर्षमा नौं अर्ब किलोग्राम खपत हुने गर्छ । यो कारणले गर्दा यसको सम्भावित स्वास्थ्य असरहरुको बारेमा बुझन निकै जरुरी हुन्छ ।”

डिमेन्शिया दिमागको यस्तो अवस्था हो जसले स्मरणशक्ति, सोच, व्यवहार र दैनिक कार्यहरु गर्ने क्षमतालाई असर गर्छ । लगभग विश्वमा पाँच करोड मानिसहरु डिमेन्शिया रोगबाट ग्रसित छन् । अष्ट्रेलियामा डिमेन्शिया, मृत्युको दोस्रो प्रमुख कारण हो । अष्ट्रेलियामा प्रत्येक दिन २५० व्यक्ति यो रोगबाट ग्रसित भएको रिपोर्ट गरिन्छ ।

स्ट्रोक यस्तो अवस्था हो जहाँ दिमागमा रगतको आपूर्ति अवरुद्ध हुन्छ, परिणाम स्वरुप अक्सिजनको कमी र दिमागको कार्य क्षमतामा ह्रास आउँछ । विश्वव्यापी रुपमा २५ वर्षभन्दा माथिका चार मध्ये एउटा वयस्कलाई उसको जीवनकालमा स्ट्रोक हुनछ । तथ्यांक अनुसार १.३७ करोड मानिसहरुलाई स्ट्रोक हुने अनुमान गरिएको छ, जसमध्ये ५५ लाख मानिसहरु स्ट्रोककै कारण मर्नेछन् ।

सोर्स युनिभर्सिटी अफ साउथ अष्टेलिया

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित