नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको महामन्त्रीका पदकालागि १० जनाको उम्मेदवारी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५७ पटक पढिएको
नेपाली काँग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदका उम्मेदवरीहरुको संख्या थपिँदै गएको छ ।

सभापति पदका लागि संस्थापन पक्षबाट सभापति शेर बहादुर देउवाले उम्मेदवारी दिने मनसायमा देखिएका छन् ।
संस्थापन इतर पक्षबाट रामचन्द्र पौडेल शशांक कोईराला र कृष्ण सिटौलाले पनि सभापतिको लागि उम्मेदवारी दिने मनसायमा रहेका छन् ।
नेपाली काँग्रेसको सभापति पछि, बरियताको हिसाबले दोस्रो ठूलो पद उपसभापतिको लागि भन्दा पनि महामन्त्री पदका लागि बढी उम्मेदवारहरुले उम्मेदवारी दिने भएका छन् ।
दुई महामन्त्री पदको लागि संस्थापन पक्ष बाट ज्ञानेन्द्र बहादुर कार्की, प्रकाश शरण महत, एनपी साउद र विश्वप्रकाश शर्माले आकांक्षा राखेका छन् भने संस्थापन इतर पक्षबाट चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल लगायतका युवा नेताको पहिलो रोजाई महामन्त्रीमा रहेको छ ।
अहिले उम्मेदवारी दिनेहरुको संख्या जति भए पनि अन्तिम समयमा आएर गुटगत सक्रीय संख्याको आधारमा उम्मेदवार छनोट हुने संस्थापन पक्षका एक नेताले जानकारी दिए ।