अमेजनका नयाँ सिइओ एन्डी आर्. ज्यासी काे हुन् ?

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७७ पटक पढिएको

एन्ड्रयू आर्. ज्यासी (जन्म १३, १९६८) एक अमेरिकी व्यापारी हुन् जो ५ जुलाई २०२१ देखि अमेजनका अध्यक्ष र सीईओ बनेका हुन् । ज्यासीले सन् २००३ मा अमेजन स्थापना भएदेखि नै अमेजन वेब सर्विसेज को अगुवाई गरेका थिए । सन् २०२१ जुलाई ५ मा ज्यासी अमेजनको सिईओ र अध्यक्ष बने र जेफ बेजोस यस कम्पनीको कार्यकारी अध्यक्ष बने । ज्यासी नेशनल हकी लिगमा सियाटल क्राकेनका अल्पसंख्यक मालिक मध्ये पनि एक हुन् ।

प्रारम्भिक जीवन र शिक्षा

उनी मार्गरी र एभरेट एल् ज्यासीका सुपुत्र हुन् । उनी हंगेरियन वंशका कुलका यहुदी हुन् । उनले आफ्नो एमबीए हार्वर्ड विजनेश स्कूलबाट सकेका थिए । उनी आफ्नो एमबीए प्रोग्राममा पढ्न जान भन्दा पहिले ५ वर्ष काम गरेका थिए ।

थुप्रै अरु हार्वर्डका साथीहरु सहित उनी सन् १९९७ मा अमेजनमा आबद्ध भएका थिए । उनी अमेजनको शुरुवाती समयमा मार्केटिङ् म्यानेजर भएर काम गरेका थिए ।

सन् २००३ मा बेजोस र ज्यासीले क्लाउड कम्प्यूटिङ् प्लाटफर्मकाे परिकल्पना गरेका थिए, जुन २००६ मा शुरुवात भएको थियो ।

सन् २०१६ मा फाइनान्सियल टाईम्स्ले उनलाई पर्सन अफ् द इयर घोषणा गरेको थियो । एक महीना पछि ज्यासी एडब्लूएस्को सिनियर भाइस प्रेजिडेण्ट बाट सिइओमा बढुवा भएका थिए । त्यो वर्ष उनले लगभग तीन करोड साठ्ठी लाख डलर कमाएका थिए ।

अमेजनको कार्यभन्दा अरु, ज्यासी रेनियर प्रेप, चार्टर स्कूलका चयरमान पनि हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित