मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओमा ७१ गुणा बढी आवेदन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२१ पटक पढिएको
अहिले बजारमा आइपिओको लहर नै चलेको छ । अघिल्लो साता बजारमा जीवन विकास लघु वित्तीय संस्थाले आफ्नो आइपिओ जारी गरेको थियो । उक्त्त आइपिओको म्याद सकिएकै भोलिपल्ट मनकामना लघुवित्तले सर्वसाधाराणको लागी आफ्नो आइपिओ बजारमा ल्याएको थियो । उक्त कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निश्कासन गरेको थियो ।

जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्ट्याइएको थियो । बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओमा ७१ गुणा बढीले आवेदन परेको छ ।
प्रतिक्रिया दिनुहोस