निर्वाचन आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका स्वीकृत

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७९ पटक पढिएको

नरेश भाट

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई चरणमा हुने गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चोटी प्रतिनिधि सभा विघटन गरेपछि यस कदम विरुद्ध दुई दर्जन भन्दा बढी सर्वोच्च अदालतमा रिट दायर भएका थिए । दायर भएका रिटहरुको अन्तिम सुनुवाई बिहिबार सम्म फैसला हुने सम्भावना रहेको छ ।

आजै निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा हुने गरि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सर्वोच्च अदालतमा दायर गरिएका रिटहरुको फैसला आउनु अगावै निर्वाचन आयोगले सरकारको निर्देशन भन्दै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित