राष्ट्रिसभाको आठौं अधिवेशनको दोस्रो बैठक बस्दै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०८ पटक पढिएको
राष्ट्रिसभाको आठौं अधिवेशन आज नयाँ बानेश्वार स्थित संसद् भवनमा दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठकमा दुई ओटा सम्भावित कार्य सूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने कार्य सूची रहेको छ । राष्ट्रिय सभाको आठौं अधिवेशन पहिलो बैठक आषाढ १७ गते बसेको थियो ।
पहिलो बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस गरिएको थियो । आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७–०७८ को सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएकोछ ।
प्रतिक्रिया दिनुहोस