विश्व फेसबुकमय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६१२ पटक पढिएको
२०२१ को पहिलो त्रैमासिकमा करीब २.८५ अर्ब मासिक सक्रिय प्रयोगकर्ताको साथ, फेसबुक विश्वव्यापी सबैभन्दा ठूलो सामाजिक नेटवर्क हो । २०२१ को तेस्रो क्र्वाटरमा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या एक अर्बले नाघेको थियो । सक्रिय प्रयोगकर्ता ती हुन् जसले विगत ३० दिनदेखि फेसबुकमा लगईन भएका छन् ।

२०२१ को पहिलो त्रैमासिक अवधिमा लगभग ३.४५ अर्ब मानिसहरुले फेसबुक कम्पनीको मुख्य अरु उत्पादनहरु जस्तै फेसबुक, व्ह्वाट्सयाप, इन्स्टाग्राम वा मेसेन्जर सक्रिय रुपमा प्रयोग गरिरहेका छन्, भनेर फेसबुकले दाबी गरेको छ ।
२००४ मा स्थापित, फेसबुक हाल विश्वव्यापी पहुँच र कुल सक्रिय प्रयोगकर्ताहरुमा आधारित सबैभन्दा ठूलो सामाजिक नेटवर्किङ् सेवा हो । हार्वर्ड विद्यार्थी मार्क जुकरबर्ग र उनका केही समकालीनहरुद्वारा सुरु गरिएको यो सेवा सुरुमा हार्वर्डका विद्यार्थीहरुको लागि मात्र उपलब्ध थियो । तर चाँडै नै क्षेत्रीय विश्वविद्यालयहरु, आइभी लिग र थप कलेजहरुमा विस्तार भयो । हाईस्कूलका विद्यार्थी र १३ वा सो भन्दा माथि उमेरका विश्वका सम्पूर्ण व्यक्तिहरुका लागि यो सेवा सुचारु गरियो ।
जनवरी २०२१ सम्ममा, फेसबुक प्रयोगकर्ताको आकारका हिसाबले भारत पहिलो स्थानमा छ ।
नेपालमा फेसबुक प्रयोगकर्ताहरु
जुन २०२१ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा लगभग १३०४०००० फेसबुक प्रयोगकर्ताहरु छन् । यसले नेपालको कुल जनसंख्याको ४२.४ प्रतिशत जनताको प्रतिनिधित्व गर्छ । यसमध्ये पनि अधिकांश प्रयोगकर्ता पुरुष छन् जसले ५९.३ प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्छ ।
२५ देखि ३४ वर्ष सम्मका लगभग ५२००००० व्यक्तिहरुले फेसबुक प्रयोग गरिरहेका छन् ।