२००५ को तुलनामा अहिले पृथ्वीको तापक्रम ग्रहण गर्ने क्षमता दुई गुणाले बढी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५१ पटक पढिएको

पृथ्वीको तापक्रम १४ वर्ष अगाडिको तुलनामा दोब्बर भएको पछिल्लो अनुसन्धानले देखाएको छ । यो अनुसन्धानले बढ्दो जलवायु परिवर्तनको सम्भावित वेगको बारेमा पनि चिन्तन व्यक्त गर्दछ ।

अध्ययनको लागि, अनुसन्धानकर्ताहरूले क्लाउड र पृथ्वीको रेडियन्ट उर्जा प्रणाली (सीईआरईएस) उपकरणको तथ्यांकलाई प्रमुख आधार मानेका छन् । यी सम्पूर्ण तथ्यांक नासाको स्याटलाईटबाट लिईएको हो । यो अनुसन्धान सूर्यको प्रकाशको तापक्रम पृथ्वीले कति ग्रहण गर्दछ र ईन्फ्रारेड रेडियशन मार्फत् अन्तरिक्षमा कति फिर्ता पठाउँछ भन्ने तथ्यांकलाई पृष्ठभूमि बनाएर गरिएको हो ।

आगमन र बहिर्गमन उर्जा बीचको भिन्नतालाई ऊर्जा असंतुलन भनिन्छ । २००५ र २०१९ को बीचको असन्तुलन पहिलेको तुलनामा दोब्बर देखिन्छ ।

वैज्ञानिकहरूले यो अनुसन्धानका लागि एर्गोबाट थप डाटा प्रयोग गरेका थिए । एर्गो रोबोट सेन्सरहरूको अन्तर्राष्ट्रिय नेटवर्क हो जुन विश्वको समुद्रहरूमा वितरित छ, जसले समुद्री तापक्रमको दरलाई मापन गर्दछ ।

space.com बाट अनुवादित

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित