ओमेगा ३ काे कमी: आयुमा ह्रास र हृदय राेगकाे समस्या
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३८२ पटक पढिएको
रक्त कोषिकामा EPA र DHA कमी भयो भने मानिसहरुमा हृदय रोगको जोखिम बढी हुने अनुसन्धानले देखाएको छ । EPA र DHA कमी हुनु भनेको शरीरमा ओमेगा ३ को मात्रा कमी हुनु हो । ओमेगा ३ को मात्रा शरीरमा थोरै हुनु भनेको मानिसको आयुमा पनि कमी हुनु हो भन्ने त्यही अनुसन्धानले देखाएको छ ।
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन मा छापिएको एउटा रिसर्च आर्टिकल अनुसार शरीरमा ओमेगा ३ कमी हुनु भनेको चुरोट खाएर आफ्नो आयु घटाउनु बराबर हो । यो अनुसन्धान फार्मिङ्ह्याम अध्ययनबाट विश्लेषण गरिएको तथ्यांकमा आधारित छ । फार्मिङ्ह्याम अनुसन्धान विश्वमा सबैभन्दा लामो चल्ने अनुसन्धान मध्ये एक हो ।
तीन मुख्य ओमेगा ३ फ्याट्टी एसिडहरु alpha-linolenic acid (ALA), eicosapentaenoic acid (EPA) / docosahexaenoic acid (DHA) हुन् । ALA मुख्य रुपमा वनस्पति तेल जस्तै फ्ल्याक्सीड (आलस), सोयाबीन (भट्ट) र क्यानोला तेलहरुमा पाइन्छ । EPA र DHA माछा र अन्य समुद्री खानामा पाइन्छ ।
सोर्स FARI –Fatty Acid Research Institute