बाल यौन दुर्व्यवहार को इण्टरनेट हब यूरोप
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३८० पटक पढिएको
कोभिड १९ महामारीको बेला इण्टरनेटमा बाल यौन माफियाहरुको क्रियाकलापमा वृद्धि भएको इन्टरनेट वाच फाउंडेशन (आइ.डब्लू.एफ्) का सिइओ ले बताएकी छन् । यस्ता घृणित क्रियाकलाप अनियन्त्रित हुँदै गयो भने स्थिति भयावह हुन सक्ने पनि सिईओ सुसी हाग्रिभ्सको चेतावनी छ ।

आइ.डब्लू.एफ् का अनुसार अधिकांश बाल यौन दुर्व्यवहारका सामग्रीहरु युरोपमा होस्ट गरिएको पाइएको छ । युरोप मध्ये पनि विश्वको सबैभन्दा घृणित सामग्री नेदरल्याण्ड्समा होस्ट गरेको पाइएको छ ।
८९% बाल यौन दुर्व्यवहार सम्बन्धी वेबसाइटहरु यूरोपमा होस्ट गरेको पाइएको छ । यूरोप मध्ये पनि नेदरल्याण्ड्सले लगभग ७१% बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्री होस्ट गरेको छ । ७१ प्रतिशतमा लगभग ९३९६२ वेबसाइटहरु छन् ।
यसलाई पछ्याउँदै उत्तर अमेरिकाले लगभग ९% यस्ता यौन दुर्व्यवहारको सामग्री होस्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस